मंगलबार , असार २३, २०८३

मुम्बई । अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई अस्वीकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको थियो ।

ईटाइम्सलाई दिएको एक अन्तर्वार्तामा जब पूजालाई सलमानसँगको सम्बन्धलाई लिएर प्रश्न गरियो उनले भनिन्, ‘म यसबारे के भन्न सक्छु । म हरेक दिन आफ्नो बारेमा नयाँ कुराहरू पढिरहन्छु। म सिंगल छु, मलाई एक्लै बस्न मन पर्छ । म अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेको छु । म विभिन्न सहरमा घुमिरहन्छु । अहिले मेरो लक्ष्य मेरो करियर हो । म अब यी अफवाहहरूमा ध्यान दिन सक्दिनँ । ‘

एनआईसँग कुरा गर्दै पूजाले भनिन्, ‘मलाई यो फिल्म लकडाउन अघि अफर आएको थियो । त्यतिबेला यो फिल्मको शीर्षक ‘अल्लाह’ थियो। पहिले साजिद नाडियाडवाला यस प्रोजेक्टको एक हिस्सा थिए । हामीले यसअघि हाउसफूलमा सँगै काम गरेका थियौँ ।

मोहनजोदारो देखेपछि सलमान प्रभावित भए

‘मेरो फिल्म मोहनजोदारो हेरेपछि सलमान सरले हामी पक्कै पनि सँगै प्रोजेक्ट गर्नेछौँ भनेर भनेर भन्नुभएको थियो । यो फिल्म मलाई एकदमै राम्रो लाग्यो किनभने फिल्ममा मेरो क्यारेक्टर तेलुगु युवतीको छ। मैले तेलुगु फिल्महरूमा धेरै काम गरेकोले यो मेरो लागि राम्रो थियो। त्यसैले पनि मलाई त्यो पात्र सुहाउँछ । सलमान खानको फिल्ममा यस्तो विशेष भूमिका गर्ने मौका पाउनु राम्रो कुरा हो,’ उनले थपिन् ।

‘किसी का भाई किसी की जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । ईदको अवसरमा रिलिज हुने चलचित्रको हालै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । यसलाई फ्यानबाट मिश्रित प्रतिक्रिया आएको छ । फिल्ममा सलमान र पूजाबाहेक वेंकटेश दग्गुबाती, जगपति बाबु, शहनाज गिल, पलक तिवारी, विजेंदर सिंह, राघव जुयाल, जस्सी गिल, भूमिका चावला र सिद्धार्थ निगमको पनि मुख्य भूमिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP