मंगलबार , असार २३, २०८३

काठमाडौं : नायिका आँचल शर्मा अभिनित चलचित्र आगामी बैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

चलचित्रको प्रचारप्रसारको उनको दौडधुप अहिले बढ्दो छ। मिडियामा उनको अन्तरवार्ता र उनको बारेमा समाचारहरु आउन थालेका छन्।

यसैबीच उनी यसै साता प्रकाश सुवेदी शोमा पुगिन्। त्यहाँ उनलाई कार्यक्रम प्रस्तोता सुवेदीले उनका श्रीमान् उदीप श्रेष्ठका पूर्वप्रेमिका सिपोरा गुरुङ्गको तस्बिर देखाएर सोधे– ‘कुन रुपमा चिन्नुहुन्छ?’

जवाफमा उनले भलिबल खेलाडी हुन् भनेर त बताइन् नै साथै श्रीमानको पूर्वप्रेमिका हुन् समेत भनिन्। यद्यपि उनले पहिलेदेखि उदीप र सिपोराको सम्बन्धको बारेमा भने थाहा नपाएको बताइन्।

‘पहिला म उदीपजी पनि चिन्दिनथेँ र सिपोरा गुरुङ पनि चिन्दिनथेँ,’ उनले भनिन्, ‘उदीपजीसँगको संगतपछि उनका एक्सहरू खोललिन्छ नि त!’

सिपोरासँग आफ्नो कुराकानी नभएको तथा श्रीमानको पूर्व प्रेमिकासँग सम्बन्ध राम्रो बनाउनेसम्मको ठूलो मुटु नभएको उनले बताइन्।

‘आफ्नो श्रीमानको एक्स गर्लफ्रेन्डसँग कसले सम्बन्ध राम्रो बनाउँछ?’ उनले प्रस्तोतालाई प्रतिप्रश्न गरिन्, ‘विपश्यना गएता पनि म मा त्यति ठूलो मुटुचाहिँ छैन।’

केही दिनअघि मात्र २५औं जन्मदिन मनाएकी शर्माले आफ्नो भने विगतमा कुनै प्रेमी नभएको बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP