मंगलबार , असार २३, २०८३

काठमाडौँ : शुक्रवार रिलिज भएको फिल्म प्रेमा तीन दिनमै मल्टिप्लेक्सहरुबाट हट्ने भएको छ। दर्शकहरूले फिल्मबारे चासै नराखेपछि फिल्म तीन दिनमै हलबाट हट्न लागेका हुन्।

नयाँ फिल्मले दर्शक तान्न नसकेपछि त्यसको फाइदा छक्कापञ्जा ४ ले पाइरहेको छ। फिल्ममा अरुण क्षेत्री, शुभेच्छा खड्का, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

जति दर्शकले फिल्म हेरे उनीहरूले फिल्मको कथा अनि पटकथा दुवै निकै फितलो भएको प्रतिक्रिया दिएका थिए। पटकथामा गोविन्द सिंह भण्डारी चुकेका छन्।

चैत्रको २४ गते ‘प्रसाद २ र बहाव’ रिलिज हुँदैछ। यी फिल्म २०७९ मा रिलिज हुने अन्तिम फिल्म हुन्। प्रसाद-२ का निर्मातामध्ये एक सुवास थापाविरुद्ध बैङ्किङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनी भूमिगत छन्।

काठमाडौँ प्रहरी परिसर थापाको खोजीमा खटिएको छ। उनी भने काठमाडौँमा दिनकै लोकेसन बदल्दै भागिरहेका छन्।

फिल्मको निर्माण टिमले पनि फिल्मको प्रचारलाई तीव्र बनाउन नसकेको बेलामा फिल्म ‘बहाव’ को टिम भने सक्रिय देखिन्छ। पहिलो आर्टिफिसियल इन्टेलिजेन्सबाट फिल्मको पोस्टर बनाएर सार्वजनिक गर्नेदेखि कलेजहरूमा अन्तर्क्रिया गर्न ‘बहाव’ टिम सक्रिय रहेको बेलामा प्रसाद-२ भने ट्रेलर र एक गीत रिलिज गरेर चुपचाप देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP