सोमबार , अषोज २६, २०८३

ब्रिजबेन । अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो साईबर हमलाको घटना बाहिरिएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा कार्यालय राखेर व्यक्तिगत ऋण दिदैआएको ल्याटिच्युड फाइनान्समा साईबर हमला हुँदा १ करोड ४० लाखको व्यक्तिगत विवरण चोरी भएको हो ।

नयाँ र पुराना गरेर १ करोड ४० लाख ग्राहकको व्यक्तिगत विवरण साईबर हमलामा पर्दा ७९ लाखको चालक अनुमति पत्र र ६१ लाख व्यक्तिको अन्य विवरण चोरी भएको प्रारम्भिक आँकलन कम्पनीले सार्वजनिक गरेको छ । ५३ हजार मानिसको राहदानी पासपोर्टको बिवरण समेत चोरी भएको आशंका गरिएको छ । जेवी हाईफाई, हार्बि नरम्यान,गुड गाईज र डेभिड जोन्समार्फत अष्ट्रेलिया र न्युजिल्याण्डमा व्यक्तिगत ऋण प्रवाह गर्दैआएको कम्पनीमाथीको साईबर हमलालाई चासोसहित चिन्ताका रुपमा समेत लिइएको छ ।

साईबर हमलाको सिकार भएको ल्याटिच्युड फाइनान्सले चालक अनुमति पत्र नयाँ बनाउन कम्पनीले पैसा दिने जनाएको छ । आफ्नो अकाउन्टमा शंकास्पद गतिबिधि भएमा सचेत भएर जानकारी गराउन समेत सबै उपभोक्तालाई ल्याटिच्युड फाइनान्सले सचेत गराएको छ ।

अष्ट्रेलियामा सेप्टेम्बरमा अप्टस र अक्टोबरमा मेडिबैंकका लाखौँ ग्राहकको व्यक्तिगत विवरण साईबर हमलाबाट चोरी भएको थियो । साईबर हमला बढेसँगै यतिबेला अष्ट्रेलिया सरकार कडा कानुन निर्माणमा जुटिरहेको छ ।

News Source : https://www.abc.net.au/news/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP