मंगलबार , अषोज २७, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली महत्त्वपूर्ण विषयमा समेत पार्टीमा कुनै छलफल नगरी अघि बढ्न खोजेको भन्दै माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच बिहीबार साँझ भेटवार्ता भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा जेलमा रहेकाहरुको रिहाइ र सत्ता साझेदारीका विषयमा कुराकानी भएको थियो ।

तर, यति महत्त्वपूर्ण विषयमा छलफल गर्दा समेत पार्टी कमिटी र नेताहरुसँग कुनै छलफल नगरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । माधव समूहले सर्वोच्चको फैसलापछि पार्टी बैठक बोलाउन माग गर्दै आएपनि ओलीले बेवास्ता गर्दै आएका छन् ।

‘सर्वोच्चको फैसलापछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएका छन् । विकसित घटनाक्रमपछि पार्टी कमिटी बैठक बोलाएर महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्नेमा अध्यक्षले त्यसतर्फ ध्यान दिनुभएन’, एक शीर्ष नेताले भने, ‘राजपासँगको सहकार्यका विषयमा छलफल गर्दा समेत पार्टीका शीर्ष नेताहरुलाई कुनै जानकारी छैन । यसले पार्टी एकता, विधि पद्दति र प्रणालीप्रति वेवास्ता गर्ने ओलीमा पुरानै प्रवृति देखियो ।’ उनले प्रधानमन्त्री ओलीको यस्तै प्रवृति कायम रहे थप समस्या सिर्जना हुने भन्दै ओलीले आफूहरुलाई पेल्न खोजे चुप लागेर नबस्ने चेतावनी दिए ।

‘सर्वोच्चको फैसलालाई हामी सवैले मान्नुपर्छ । तर, ओली प्रवृतिमा कुनै परिवर्तन देखिएन । यदि ओलीको यस्तै प्रवृति रहने हो भने हामीले विकल्प सोच्नुपर्ने हुन्छ’, ती नेताको भनाइ छ ।
माधव समुहको बिहीबार बसेको स्थायी समिति सदस्यहरुको छलफलमा विकसित घटनाक्रमहरूका बारेमा पार्टी कमिटीमा छलफल गर्न बैठक बोलाउनुपर्ने भएपनि ओलीले बेवास्ता गरेको बताएका थिए ।

ओलीसँगको भेटमा जसपाले मधेस र थरुहट आन्दोलनमा जेलमा रहेका कैदी बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको थियो । जसपाले अघि सारेको मागमा प्रधानमन्त्री ओली सकारात्मक रहेको भन्दै पुन शुक्रबार अर्को चरणको वार्ता गर्ने सहमति भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी भेटवार्तामा जसपाका तर्फबाट नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP