मंगलबार , अषोज २७, २०८३

२७ फागुन, पोखरा । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । माओवादी नफर्किने जिकिर गरेका उनले एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताए ।

एमाले कास्कीले पोखरामा गरेको कार्यकर्ता भेटघाटमा रायमाझी पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताए । विचार, राजनीतिर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन सकिने उनको दाबी थियो । ‘सांसद पद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ,’ रायमाझीले भने ।

बरु प्रचण्डसँग लागेर एमालेमै फर्किएका नेतालाई ओलीसँग काम गर्नैपर्ने बाध्यता रहेको बताउँदै रायमाझीले मन नबिगारी फर्कन माधव समूहलाई आग्रह गरे । ‘हामी त भइरा’छौँ भने अरु साथीलाई के गाह्रो छ ? हामी खुसी छौँ,’ उनले भने, ‘बाटो बिराएका, मन बिगारेका साथीहरूलाई हार्दिकतापूर्वक स्वागत गरौँ ।’

साबिकको नेकपा विभाजित हुँदा रायमाझीसँगै गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री मणि थापा, शहरी विकासमन्त्री प्रभु साह लगायतका नेताहरु ओलीतिर लागेका थिए । सर्वोच्च अदालतको फैसलाले एकीकरण खारेज भएर एमाले र माओवादी ब्युँतिएपछि बादल, रायमाझीहरुले प्रधानमन्त्री ओलीको साथ छोडेका छैनन् । सांसद पद भए पनि ओलीको साथ नछोड्ने रायमाझीले दोहोर्‍याए ।

मोहनविक्रम सिंहसँग १८ वर्ष काम गरेका रायमाझीले उनीसँग भएको अन्तर्विरोध सुनाए । ‘जनपक्षीय कार्यक्रम, जनतालाई समेट्ने विचार र राजनीतिक योजना भएन भने के हुनु ?,’ रायमाझीले भने, ‘जतिसुकै त्याग गरे पनि, इतिहास भए पनि, योग्यता क्षमता भए पनि, अहिले म मोहनविक्रमजीको पार्टीमा भएको भए के हालत हुन्थ्यो होला ?,’

जनयुद्धमा बाबुराम भट्टराईमाथि प्रहार हुँदा पनि टिकाएर राखेको तर शान्ति प्रक्रियापछि उनमा पनि विचलन आएको रायमाझीले बताए । ‘बाबुरामजी असाध्यै विद्वान मान्छे । ज्ञान र क्षमता भएको हाइप्रोफाइल भएको मान्छे,’ रायमाझीले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि, संविधान बनिसकेपछि बाबुरामजीमा पनि विचलन आयो । जतिसुकै विद्वान भए पनि विचलन नहुनुस् है भन्दा मान्नुभएन । उहाँलाई भ्रम पर्‍यो । बाबुरामजीसँग अब भविष्य छैन भनेर छोडदिएँ । अहिले बाबुरामजी हिमाल, पहाड हुँदै तराई पुग्नुभो ।’

अब प्रचण्डको पनि काम छैन भनेर मनस्थिति बनाएर बसेको रायमाझीले सुनाए । जजसले पौडी खेल्न सिक्छन्, उनीहरुले पार गर्छन्, जसले सिक्दैनन्, डुब्छन् भनेर पार्टी एकता गरेको भन्दै उनले केही साथीहरु डुबेको बताए ।

मन्त्री रायमाझीले माओवादी, कांग्रेस र जसपा मिलेर सरकार बन्ने सम्भावना बहुत कम रहेको दाबी गरे । कांग्रेसभित्र दुई समूह रहेको भन्दै उनले भने, ‘प्रचण्डजीले देउवालाई प्रधानमन्त्री प्रस्ताव राखिरहनुभएको छ । अर्को पक्षले मान्नेवाला छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP