मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनमाथि हमला भइरहेको बताएका छन्। बिहीबार माओवादी निकट स्वास्थ्यकर्मीको राष्ट्रिय भेलामा प्रचण्डले संविधान संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको बताए।

उनले भने, ‘हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं। अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन्। तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ।’

प्रचण्डले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताए। उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए। ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ। उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। म छोड्नेवाला छैन, म लड्नेवाला छु।’

प्रचण्डले युद्ध भनेर अहिले हिंसात्मक युद्ध गर्ने अवस्था नरहेको जिकिर गरे। ‘युद्ध भनेर हिसाामा जाने कुरा होइन। अहिले हामीले शान्तिपूर्ण युद्ध चलिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, खारेज गर्ने षड्यन्त्रविरुद्ध देश व्यापी लडौँ,’ उनले भने। विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए।

‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो। तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो,’ उनले भने। मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको प्रचण्डको भनाइ थियो। पार्टी निर्माणका लागि फेरि अभियान चलाउने र काठमाडौं भन्दा बाहिर अभियानमा बस्ने सोचमा रहेको प्रचण्डले बताए।

‘देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु,’ उनले भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौंमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका विरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उनले बताए। प्रचण्डले भने, ‘मैले केपी प्रवृतिसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने देखेपछि म अब फेरि जेल जान पनि तयार मर्न पनि तयार तर यो प्रवृतिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP