मंगलबार , अषोज २७, २०८३

२७ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।

‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दैछन् ।

अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन पनि खनाल र नेपालले आग्रह गर्ने तयारी गरेका छन् ।

‘अहिले कोही पहिलेबाटै एमाले भएको र कोही भर्खरै भएको जस्तो व्यवहार गरिदैछ, यस्तो गतिविधि बन्द गरिनुपर्छ’, ती नेताले भने । अदालतको फैसलाको भावना विपरीत अर्थ लगाउने कार्य जारी रहे राजनीतिक प्रतिवाद गर्न तयार हुने पनि छलफलले निष्कर्ष निकालेको छ ।

खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने निश्कर्ष निकालेको छ । यसअघि यो समूहको केन्द्रीय कमिटी बैठक र सांसदहरुको छलफलले पनि यही निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP