आइतबार , असार १४, २०८३

काठमाडौं । बलिउड अभिनेता सञ्जय लीला भन्सालीलाई परिचयको जरुरी छैन । बाजीराव मस्तानी, हम दिल दे चुके सनम, देवदास उनका हिट फिल्महरु हुन् । उनी निर्देशित पछिल्लो फिल्म आलिया भट्ट अभिनित ‘गंगुबाई काठियावाडी’ हिट भयो र दर्शकले पनि प्रशंसा गरे । फिल्मले घरेलु बक्स अफिसमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रदर्शन गर्‍यो ।

अब सबैको नजर उनको अर्को प्रोजेक्ट ‘हीरामण्डी’माथि छ । यो सिरिज घोषणा भएदेखि नै फ्यान भव्यताको अनुभव गर्नको लागि व्यग्र छन् । निर्माताले यो सिरिजको सुन्दर र भव्य संसारको झलक सार्वजनिक गरेका छन् । सिरिजमा नेपाली अभिनेत्री मनिषा कोइराला शीर्ष भूमिकामा छिन् ।

भन्सालीले दर्शकलाई यस्तो संसारमा लैजान्छन् जहाँ यौनकर्मीहरु रानी थिए । सिरिजका कलाकारलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो । फस्टलुक सार्वजनिक भएपछि सबैको अनुमानलाई यसले स्पष्ट पारेको छ । टिजर मनिषा कोइरालाबाट सुरु हुन्छ, सबै सजिएका र परम्परागत पोशाकमा शाही चरित्रमा देखिएका छन् । सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेख सबै आकर्षक देखिन्छन् । यो टिजर सेयर गर्दै निर्माताले लेखेका छन्, ‘अर्को समय र अर्को युग, भन्सालीले बनाएको अर्को जादुयी संसार जसको हिस्सा बन्न हामी पर्खन सक्दैनौं । यहाँ हीरामण्डीको सुन्दर र चाखलाग्दो संसारको एक झलक ।’

भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट मानिएको हीरामण्डीमा उनले सबै काम गरिरहेका छन् । फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं नै हीरामण्डीको ठूलो सेट बनाइएको थियो । निर्माण लगभग पूरा भएको छ । यसमा संगीत कथाको महत्वपूर्ण भाग बन्न गइरहेको छ र उनीहरूले यसका लागि काम पूरा गरिसकेका छन् ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP