शुक्रबार , भाद्र १२, २०८३

बुटवल । बुटवलको मिलनचोकमा अवस्थित दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ ।

मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो एक घण्टा बढी समय लगाएर नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा, सैनामैना, सुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग गर्नुपरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले ग्लोबल आवाजलाई जानकारी दिए ।

मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फूडल्याण्डको मूख्यसडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोको लम्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तल जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फूडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP