मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। कतारमा बस्दैआएका एक जना नेपाली युवाले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड चिठ्ठा जितेका छन् । जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत नेपाली रञ्जित कुमार पालले यति ठूलो रकम जित्न सफल हुनुभएको हो ।

विजेता पाल विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आउनुभएको थियो । यति ठूलो रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित बन्नुभएका पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताउनुभएको छ । ‘मलाई विश्वास नै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’ पालले भन्नुभएको छ । विगत १५ महिना देखि नगद , सुन , गाडी प्राप्त गर्न सकिन्छ कि भन्ने उदेश्यले भाग्य चिठ्ठाका रुपमा चिठ्ठा खरिद गर्दै आएको पाल बताउनुहुन्छ ।

यस अघि दुबईमा कार वाशरको काम गर्ने ३१ वर्षिय नेपाली युवाले २२ करोड रुपैयाँको चिठ्ठा जित्नुभएको थियो । वैदेशिक रोजगारका लागि दुबई कतार लगायतका देशहरुमा पुगेका नेपाली तथा अन्य तेस्रो मुलुकका कामदारहरुमा यस किसिमको भाग्य चिठ्ठा किन्ने ‘ट्रेण्ड’ बढ्दो गएको मात्रै छैन विजेत बनेर ठूलो धनरासी हात पार्न समेत सफल भैरहेका छन् ।

@Nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP