मंगलबार , अषोज २७, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य बोकी नेकपा(एमाले)मा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री ओलीले राजीनामा किमार्थ नदिने दाबी गर्दै एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे । वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्‍न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् । उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्, ‘राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रुपमा बुझ्नु बरु बुद्धिमतापूर्ण हुन्छ ।’ सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले केन्द्रदेखि जिल्लासम्मै आफ्ना कार्यालयहरु स्थापना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP