शनिबार , बैसाख ६, २०८२

बुटवल । बुटवल उद्योग बाणिज्य संघको नव निर्वाचित कार्य समितिले आजबाट पदभार ग्रहण गरेको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित अध्यक्ष उज्वल कसजुलाई निवर्तमान बनेका अध्यक्ष खिमबहादुर हमालले पद हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले व्यवसायीक प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष कसजुले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए ।कार्यसमितिलाई पूर्व अध्यक्षहरूको तर्फबाट जीवन ओझा, जनप्रतिनिधिको तर्फबाट टंक पराजुली, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी लगायतले सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP