सोमबार , अषोज २६, २०८३

बुटवल । बुटवल उद्योग बाणिज्य संघको नव निर्वाचित कार्य समितिले आजबाट पदभार ग्रहण गरेको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो ।

नव निर्वाचित अध्यक्ष उज्वल कसजुलाई निवर्तमान बनेका अध्यक्ष खिमबहादुर हमालले पद हस्तान्तरण गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले व्यवसायीक प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष कसजुले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए ।कार्यसमितिलाई पूर्व अध्यक्षहरूको तर्फबाट जीवन ओझा, जनप्रतिनिधिको तर्फबाट टंक पराजुली, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी लगायतले सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP