मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ। बैठक बानेश्वरस्थित अर्याल होटेलमा नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय सदस्यहरू भेला भएका हुन्।

भेलामा नेपाल-खनाल पक्षका धेरैजसो केन्द्रीय सदस्यहरूको उपस्थिति छ। एमालेभित्र आउँदा दिनमा हुन अन्तरसंघर्षबारे रणनीति निर्माण गर्न अनौपचारिक छलफल हुने बताइएको छ। भेलालाई सुरुमै वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन्।

एमालेभित्रै रहेर अध्यक्ष केपी ओलीको प्रवृत्तिविरुद्ध सर्घष गर्ने निर्णयसहित एमालेमै रहने नेपाल-खनाल समूहले निर्णय गरेको थियो। तर, एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन्।

यसैबिच संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डबाट फर्केर आएका नेताहरूको सम्मानजनक व्यवस्थापन हुने बताएका थिए। साविकको एमाले संसदीय दलमा ओलीको अत्यधिक बहुमत रहे पनि केन्द्रीय कमिटीमा भने नेपालका पक्षमा पनि ओलीकै हाराहारी केन्द्रीय सदस्य छन्।

प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ। केन्द्रीय कमिटीको समीकरण भिन्न छ। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनीतहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।

मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP