मंगलबार , बैसाख २९, २०८३

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने गम्भीर प्रश्न उठेको बताए ।

‘राजनीतिक प्रकृतिको निर्णय र मागदावी भन्दा बढीको निर्णय भएकाले यो बेठीक हो’ नेता शर्माले भने ‘तर अदालतले निर्णय गरिसकेको हुनाले बेठीक भएको कुरा विरोध गर्दै अदालतको फैसला कार्यान्वयन गर्ने र समझदारीको आधारमा पूर्व पार्टीहरु सञ्चालन गर्ने आवश्यकता परेको हो ।’

गत आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा फैसला दिँदै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई निष्क्रिय बनाइदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP