बुधबार , असार २४, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी खारेज गर्दिएपछि नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयबाट नेकपा लेखिएको बोर्ड हटाइएको छ ।

नेकपाको बोर्ड हटाएर नेकपा एमाले केन्द्रीइ कार्यालय लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको आदेश लगत्तै दीपावली गरेको ओली विभिन्न जिल्लास्थित पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाउन थालिसकेको थियो ।

हिजो मोरङ, काभे्र, नुवाकोट, मकवानपुर लगायतका जिल्लाबाट पुरानो बोर्ड हटाएर एमालेको बोर्ड झुण्डयाइएको थियो । आज केन्द्रीय कार्यालयको बोर्ड फेरिएको हो ।

यसअघि २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि एमालेको बोर्ड झिकेर नेपाल कम्युनिष्ट पार्टी नेकपाको बोर्ड राखिएको थियो ।

सर्वोच्च अदालतले फागुन २२ गते ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP