
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी खारेज गर्दिएपछि नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयबाट नेकपा लेखिएको बोर्ड हटाइएको छ ।
नेकपाको बोर्ड हटाएर नेकपा एमाले केन्द्रीइ कार्यालय लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको आदेश लगत्तै दीपावली गरेको ओली विभिन्न जिल्लास्थित पार्टी कार्यालयबाट नेकपाको बोर्ड हटाउन थालिसकेको थियो ।
हिजो मोरङ, काभे्र, नुवाकोट, मकवानपुर लगायतका जिल्लाबाट पुरानो बोर्ड हटाएर एमालेको बोर्ड झुण्डयाइएको थियो । आज केन्द्रीय कार्यालयको बोर्ड फेरिएको हो ।
यसअघि २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि एमालेको बोर्ड झिकेर नेपाल कम्युनिष्ट पार्टी नेकपाको बोर्ड राखिएको थियो ।
सर्वोच्च अदालतले फागुन २२ गते ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेको थियो ।