शुक्रबार , भाद्र १२, २०८३

फ्रान्समा रोजगारीमा पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौंँको चन्द्रागिरी बस्ने तेजेन्द्र महत रहेका छन् । राजेन्द्र रानामगर समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि फ्रान्समा जान १० लाख रुपैयाँ लाग्ने भन्दै उनले पटक पटक गरी १९ लाख उठाएर फरार भएका थिए ।

वैदेशिक रोजगार विभाग पत्राचार अनुसार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित सतुङ्गलबाट पक्राउ गरेको हो ।  उनलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP