शुक्रबार , बैसाख ५, २०८२

सामाजिक सञ्जाल टीकटकमार्फत अनलाइन जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व घर भई हाल ललितपुरको हरिसिद्धी बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । उनले ईसेवालगायत अन्य डिजिटल वालेनमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाएर टीकटकमार्फत जुवा खेलाएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

उनलाई अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा मंगलबार ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३२१ रुपैयाँ कारोबार गरेको देखिएको छ ।  प्रहरीले उनको साथबाट जुवा खेलाउन प्रयोग भएको स्मार्ट फोन, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिस्टर र तास बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP