सोमबार , अषोज २६, २०८३

युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ।

बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन्।

गृह मन्त्रालयका कैयौं उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ। हेलिकप्टरमा मन्त्रीसँगै अन्य ८ उच्च पदस्थ कर्मचारी थिए।

४२ वर्षीय मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। उनी राष्ट्रपति जेलेनेस्की मन्त्रिपरिषदका प्रमुख सदस्य थिए।

दुर्घटनामा घाइते भएका दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए। प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन्।

राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोका अनुसार उक्त हेलिकप्टर युक्रेनको राज्य आपतकालीन सेवाको लागि प्रयोग हुँदै आएको थियो।

युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोका अनुसार मोनास्ट्रास्के युद्ध भइरहेको ‘हटस्पट’ मा जाँदै थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP