मंगलबार , अषोज २७, २०८३

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपाईंहरूलाई सहजता के गर्दा हुन्छ ?’

गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए। ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP