सोमबार , अषोज २६, २०८३

पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ ।

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि  पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।

‘भर्खर जाँच सुरु भएको छ । सबै चिज मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन,’ आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन ।’

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP