सोमबार , अषोज २६, २०८३

यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका २ जनाको खोजी गर्न सेती नदीकाे पानी घटाइएकाे छ ।  कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले २ जना खाेजी कार्य जटिल भएपछि सेती नदीकाे पानी घटाइएकाे बताए । उनका अनुसार सेती नदीकाे पानीलाई याम्दीकाे पुलबाट सिँचाइका लागि बनाइएकाे नहरमा हालिएकाे छ ।

नदीकाे पानी घटाइएसँगै आज गोताखोरसहित  ड्रोनको प्रयोग गरिएकाे छ ।  ड्रोन प्रयोग गरी साेमबार २ जनाको शव फेला पारिएको थियो । दुर्घटनाको पहिलो दिन आइतबार ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP