शुक्रबार , भाद्र १२, २०८३

नारायणी नदी किनारमा बनेको ‘क्रुज शिप’ आइतबारदेखि सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुज शिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले कोरोना महामारीका कारण समयमा निर्माण सकेर सञ्चालन गर्न नसकिएको क्रुज शिप अब सञ्चालन गरिने बताए। उक्त क्रुजको दुई वर्षअगाडि नै सफल परीक्षण गरिएको थियो।

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुज शिपको स्टेसन छ। तीन तलाको क्रुजमा एक पटकमा १८० जना यात्रु चढ्न मिल्छ।

कँडेलका अनुसार एक घन्टासम्म नारायणी नदीमा यात्रुलाई सयर गराउने योजना छ। यसका लागि प्रतिव्यक्ति ७ सय रूपैयाँ लाग्छ।

ब्रेकफास्ट क्रुजिङका लागि एक हजार पाँच सय, लन्च क्रुजिङका लागि दुई हजार र डिनर क्रुजिङका लागि दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ। क्रुज शिपभित्र रेस्टुरेन्ट, साँस्कृतिक कार्यक्रम गर्न स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू छन्।

यो क्रुज शिप निर्माणमा १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको कँडेलले बताए। क्रुजमा भिआइपी कक्षका साथै फिल्म सुटिङ गर्न मिल्ने सुविधा पनि छ।

यसमा यात्रा गर्ने हरेक यात्रुको १० लाख रूपैयाँ बराबरको बीमा हुने कँडेलले बताए। यसमै बसेर विवाह, ब्रतवन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका उत्सव मनाउन पनि पाइने उनले बताए।

‘क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ। तर यति बेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ,’ कँडेलले भने, ‘पानीको बहावअनुसार दुरी बढाउँदै लैजान सकिन्छ।’

नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज शिप भारत, केरलाका प्राविधिकले तयार गरेका हुन्। यसका क्रु-सदस्य १५ जना रहने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP