शनिबार , भाद्र १३, २०८३

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका छन्। पौडेल नेकपाको नामबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गौतमको निवासमा पुगेका हुन्।

अदालतको निर्णयबाट एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका गौतम फकाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव पौडेल पुगेको उनीनिकट स्रोतले जनाएको छ। गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, कसरी जाने भन्ने विषयमा गम्भीर छलफल गरेको बुझिएको छ।

घरमै लडेपछि गौतमको स्वास्थ्य अवस्था बुझ्न गौतमनिवासमा फागुन २१ गते प्रधानमन्त्री केपी ओलीसमेत पुगेका थिए। ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन्।

पुस ५ गते नेकपा अध्यक्ष एवम् केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो। पार्टी विभाजित भए पनि उपाध्यक्ष गौतम कतै लागेका छैनन्। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाको निर्णय सुनाएपछि गौतम पार्टी एकता अभियानमा सक्रियताका साथ लागेका छन्।

प्रतिनिधिसभा पुन: स्थापना भएपछि ओलीविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय थिए।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ। अर्थमन्त्रीसमेत रहेका पौडेल तत्कालीन एमाले उपमहासचिव थिए भने महासचिवमा ईश्वर पोखरेल रहेका थिए। तर एकीकरणपछि पोखरेलको पद खोसिएको थियो। गौतम तत्कालीन एमालेका उपाध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP