मंगलबार , अषोज २७, २०८३

ललितपुर / गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP