मंगलबार , असार २३, २०८३

सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, बैठक निर्धारित समयमा बसेन ।

झण्डै चार घण्टापछि मात्र पेरिसडाडाँमा बैठक शुरु भयो । अनौपचारिक भनिएको बैठक साँझ अवेरसम्म नै चल्यो ।

एकपछि अर्का नेता बैठक हलबाट बाहिरिए । तर, कसैले पनि निर्णयबारे बताएनन् । पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको ३३ महिनापछि सर्वोेच्चले एमाले र माओवादी ब्यूँताएको थियो, त्यो पनि संसद विघटनविरुद्ध नेकपा विभाजित भएर ओली र प्रचण्ड–माधव समूहका रुपमा रहेका बेला ।

फैसलाले एमाले र माओवादी त व्यूँतियो, तर माधव नेपाल समूहले के गर्ला भन्ने चासो थियो । पेरिसडाँडाको बैठकबाट बाहिरिएका नेताहरुले पनि यसबारे केही बताएका थिएनन् ।

तर बैठकमा दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित शीर्ष नेताहरुले अलग भएर जाने बताइसकेका थिए । बैठकको शुरुमै बोलेका प्रचण्डले प्रष्ट भाषामा एमाले र माओवादी अलग हुने बताएनन् । तर, अदालतको फैसला मानेर आ–आफ्नो बाटो तर्फ लाग्नुपर्ने सांकेत गरेका थिए ।

‘फैसलाले नयाँ स्थिति आयो । हामीले धारणा राख्दा यो राजनीतिक फैसला हो, यसमा सहमति छैन भन्ने हो’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर अस्वीकार गर्छौ भन्न मिलेन । यसलाई मानेर जानुपर्छ । फरक ढंगले जानुपर्ने स्थिति आयो । अदालतले यो स्थितिमा ल्याइदियो ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्डकै जस्तो शैलीमा धारणा राखेका थिए । ‘अदालतको फैसलालाई समान्न गर्नुपर्छ । जे–जे आइलाग्छ, सम्हाल्दै फेरि एकता गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुपर्छ’, नेपालको भनाइ थियो । वाम आन्दोलन आन्दोलनलाई टुक्रिन नदिन प्रयास कायमै राख्नुपर्ने उनले बताएका थिए ।

यसपछि बोलेका नेताहरुले पनि अलग हुने परिस्थिति अदालतले बनाइदिएको बताएका थिए । ‘भविश्यमा पनि कुराकानी गरौं । एकताको प्रक्रियालाई जारी राखौं भन्दै लामो समय चलेको अनौपचारिक बैठकबाट उठ्यौं’, ती नेताले भने ।

उनका अनुसार शीर्ष नेताहरुले शुरुमै बोलेकाले यसपछि स्थायी कमिटी नेताहरुले आफ्नो कुरा राख्दै बाहिरिने गरेका थिए । र, यो नेकपाको सम्भवतः अन्तिम बैठक हुनसक्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन् ।

नेताहरुका अनुसार प्रचण्ड र माधव नेपालबीच अदालतको फैसला अनुसार, एमाले र माओवादीमै रहने सहमति जुटेको थियो । त्यही कुरा बुझाउन र समान धारणा बनाउन दुबेले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP