मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । बिक्री र बन्दव्यापार फाइदा नहोला । परिवारका कारण चिन्ता बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP