मंगलबार , बैसाख २९, २०८३

मलेसियामा नेपाली श्रमिकलाई बन्धक बनाउने कम्पनीमाथि स्थानीय प्रहरीले अनुसन्धान थालेको छ । मलेसियन प्रहरीले नेपाली श्रमिकलाई कुटपिट तथा बन्धक बनाउनेहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूमाथि देखिएको समस्या समाधानको चरणमा रहेको जनाएको छ । नेपालीमाथि कुटपिट गर्ने तथा बन्धक बनाउने कम्पनीका अधिकारीहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको दूतावासले जनाएको छ ।

मलेसियाका दुई वटा कम्पनीका काम गर्ने ४१ जना नेपाली श्रमिकले समस्यामा परेको भन्दै दूतावासमा गुनासो गरेका थिए । सोही आधारमा ८ दिनदेखि खाना बस्न समेत नदिएर मानसिक यातना दिइएको थियो । घटनाबारे जानकारी आए लगत्तै दूतावासले समस्या समाधानका लागि पहल थालेको थियो ।

२८ जना नेपालीमाथि कुटपिट गर्ने पीडक प्रहरी हिरासतमा 

मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी ‘होङ जे इन्टरप्राईजेज’ (-Hong Tze Enterprise Sdn.Bhd.) मा २८ जना नेपाली काम गर्दै आएका थिए । उनीहरू नेपालबाट खोजी रिक्यूरमेन्टमार्फत ८ सेप्टेम्बरमा मलेसिया पुगेका थिए ।

काम गर्ने क्रममा नेपालीहरूले सेवा सुविधा कम दिएको, सम्झौता अनुसार काम नदिएको भन्दै विरोध जनाएका थिए । त्यसपछि कम्पनीका प्रतिनिधिहरूले उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिट गर्नुका साथै कम्पनीबाट निकालेर अन्यत्र बन्धक बनाएर राखेको भन्दै उनीहरूले मलेसिया रोजगारमा पठाउने खोजी रिक्यूरमेन्टलाई जानकारी गराएका थिए । त्ययसपछि मेनपावर कम्पनीका प्रतिनिधि मोहम्मद जुनैद र २ जना नेपाली श्रमिक ३ जनवरी २०२३ मा दूतावासमा पुगेका थिए ।

आफूमाथि अन्याय भएको र उल्टै कुटपिट गर्नुका साथै बन्धक बनाएको विषयमा दूतावासलाई उनीहरुले जानकारी गराएका थिए । सोही आधारमा उनीहरूले सोही दिन मलेसियन प्रहरीमा उजुरी गरेका थिए । उनीहरूको उजुरीको आधारमा नेपालीमाथि कुटपिट गर्नेहरूलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान थालेको दूतावासले जनाएको छ ।

त्यसरी दूतावासको सम्पर्कमा पुगेका उनीहरू र रोजगारदाता कम्पनीका प्रतिनिधिबीच छलफल गरिएको थियो । छलफलपछि ९ जना नेपाली स्वदेश फर्किसकेका छन् । त्यस्तै ७ जना नेपालीलाई ११ जनवरीमा नेपाल फर्किने व्यवस्था मिलाइएको छ । बाँकी १२ जनाले के गर्ने भन्ने निर्णय लिइनसकेको दूतावासले जनाएको छ । उनीहरूकै निर्णयको आधारमा व्यवस्था मिलाइने दूतावासको भनाइ छ ।

छलफलको क्रममा नेपाल फर्कन चाहने नेपाली नागरिकहरूलाई तुरुन्त घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गराउने सहमति भएको थियो ।

थप १३ जना नेपाल फर्किँदै

त्यस्तै मलेसियाको प्लान्टेशन क्षेत्रमा १३ जना नेपाली श्रमिक काम गर्दै आएका थिए । PRS FOREST  MANAGEMENT मा काम गर्दै आएका उनीहरूले करार सम्झौता अनुसार काम तथा तलब र अन्य सेवा सुविधा नदिएको भन्दै दूतावासमा उजुरी गरेका थिए । सोही आधारमा दूतावासले २५ डिसेम्बर २०२२ र २८ डिसेम्बर २०२२ मा रोजगारदातालाई पत्राचार गरेको थियो । तत्पश्चात् उनीहरूलाई मलेसिया पठाउने नेपाली कम्पनी त्रिवेणी एच.आर सोलुसनका प्रतिनिधिको रोहबरमा ३० डिसेम्बर २०२२ मा छलफल गरिएको थियो । छलफलपछि उनीहरूले आफूहरू नेपाल फर्किने बताएका थिए । सोही बमोजिम उनीहरूलाई नेपाल फर्कन आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेक आउट मेमो र हवाई टिकटको व्यवस्था गर्ने बताएको थियो ।

उनीहरू नेपाल नफर्किँदासम्म बस्ने र खाने व्यवस्था कम्पनीले नै गरेको छ । उनीहरूमध्ये ६ जना १० जनवरी र बाँकी ७ जना १३ जनवरीमा नेपाल फर्किने दूतावासले जनाएको छ ।

मलेसियामा समस्यामा परेका नेपालीहरूलाई तत्काल स्वदेश फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मलेसियास्थित नेपाली राजदूतावास, वैदेशिक रोजगार विभागले उद्धारका लागि अग्रसरता देखाएको थियो । सोही आधारमा उनीहरूको उद्धार थालिएको हो ।

खोजी रेक्युरमेन्ट कम्पनीमार्फत मलेसिया पुगेका १९ जनाले आफूहरूलाई ८ दिनदेखि बन्धक बनाएर राखेको भन्दै उद्धार गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP