मंगलबार , असार २३, २०८३

युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि. (यु.सि.यम.यस., शिक्षण अस्पताल) को ‘२४औं वार्षिक साधारण सभा’ भैरहवामा भएको छ ।
भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भई स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आप्mना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

यु.सि.यम.यस.का अध्यक्ष रमेश शर्माको सभापतित्वमा भएको साधारण सभामा संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
सभामा यु.सि.यम.यस.का निर्देशकहरु लोकहर्ष शाक्य, भेषराज अर्याल, परिक्षित खेमका, कम्पनी सचिव राजु बस्नेत क्षेत्री लगायतले आाफ्ना धारणा राखेका थिए ।
यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, प्रमुख प्रशासकिय अधिकृत कमलराज ढकाल, जनरल म्यानेजर सन्तोष कुमार वि.एन., वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP