मंगलबार , बैसाख २९, २०८३

बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ ।

आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिन सक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’–उनले भने ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले बताए ।

बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताए । उनले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP