मंगलबार , अषोज २७, २०८३

पर्सामा अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा चार जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाएको छैन।

कार्यालयका डिएसपी दीपक गिरीका अनुसार घटना शनिबार बिहान साढे ५ बजे भएको हो।

वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने १६ वर्षीय बालक आफ्नो घरको आँगनको कलमा हात मुख धोइरहेका थिए। त्यसबेला सँगै अध्ययन गर्ने चार जना साथीहरूले मिलेर कम्बलले उनलाई छोपेको डिएसपी गिरीले बताए।

बालकलाई नियन्त्रणमा लिएर मुखमा कपडा कोचेर बोल्न कराउन समेन दिई घरबाट ३ सय मिटर टाढा सम्म लगेको पाइएको छ।
सुनसान खाली चौरमा लगेर मुखमा थप गलबन्दी, पन्जा तथा रूमाल समे कोचेको पाइएको छ।

कालो केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर र हात खुट्टा समेत बाँधेर नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए।
परिवारले आफ्ना बालक हराएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले अपहरणमा परेका बालकको उद्दार गरेको हो। यस्तै आरोपित चार जना बालकलाई पनि नियन्त्रणमा लिएको हो। पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १०मा अध्ययनरत विद्यार्थी हुन्।

डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे। जसले गर्दा उनका निकटतम प्रतिस्पर्धी विद्यार्थतीहरूको रिस, द्वेस र डाहका कारण अपहरण गरेको पाइएको हो।

ती बालकमाथि ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति समेत पाएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP