मंगलबार , अषोज २७, २०८३

२२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको निकै रोमाञ्चक फाइनल खेलमा सङ्कटाले भुटनीज युथमाथि ३-२ गोल अन्तरले जित निकालेको हो । खेल निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो । अतिरक्त समयमा सङ्कटाले गोल गर्दै खेलमा बाजी मार्‍यो ।

खेलको सुरुवातमै २-० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन ।  खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलाेमाेउले  संकटाकाे अग्रता दाेब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

२-० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलाेनले गोल गरेपछि खेल २-१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २-२ काे बराबरीमा ल्याए । उनले धिरज थजालीकाे फ्रिकिकमा बनेकाे मुभमा गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३-२ काे राेमाञ्चक जित दिलाए । सुनिलले मेसुके ओलाेमाेउकाे पासलाई गोलमा परिणत गरेका थिए ।

उक्त जितसँगै सङ्कटाले दोस्रो पटक आहा राराको उपाधि जितेको हो । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP