शनिबार , बैसाख ६, २०८२

धरान / गत निर्वाचनको मुखमा स्वतन्त्र मेयर धरानका हर्क साम्पाङ र उनको प्रभावबाट अत्तालिएका मुलुकका मुख्य राजनीतिक दलहरूलाई निकै चुनौती थपिएको थियो । श्रम संस्कृति धरानको पर्याय बन्दै गर्दा मुलुकभरि परम्परागत राजनीतिक संस्कारको मलजल गरिरहेका राजनीतिक दलहरू मुलत नेपाली काँग्रेस, एमाले, माओवादीमा ठुलै कम्पन पैदा भएको थियो। जुनसुकै निहुँ बनाएर साम्पाङलाई असहयोग गर्न पाटीगत निर्देशन पाएका स्थानीय कमिटीहरूले कार्यपालिका बैठकमा धेरै बोलेर साम्पाङलाई उक्साउने रणनीति बनाए  जनताले अनुमान गरी पार्क होटेल देखि चिया पसल सम्म गफ चल्यो। अरूको कुरा धेरै नसुन्ने’ हठी ‘ साम्पाङको कमजोरी निशाना बनाएर गरिएको प्रहार धेरै हदसम्म सफल पनि देखियो । असोज १३ देखि पौष  ११ सम्मका ३ महिना सामाजिक सञ्जालमा राम्ररी नै चर्चा परिचर्चा चले ।

कार्यपालिका बैठक लगातार अवरुद्ध पार्दै आइरहेका दलहरूले संयुक्त ६ दलले विज्ञप्ति नै निकालेर साम्पाङलाई माफी मगाउन बाध्य बनाउने रणनीति लिएका थिए। पौष २० को “धरान डे “ नजिकिएको र हिउँदे सभा बोलाउन कार्यपालिका बैठक विना सम्भव नहुने परिस्थितिमा मेयर साम्पाङ झुक्ने विश्वास दलको थियो । यस बिचमा मेयरका समर्थकहरूले सक्रियता बढाए । उद्योग वाणिज्य सङ्घ, जनजाति महासङ्घ, महिला सञ्जाल सबैले “धरान डे “ का पक्षमा वकालत गरे । दलहरूलाई पनि आन्तरिक दबाब परो र मेयरले पौष ११ गते बोलाएको बैठक सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP