मंगलबार , अषोज २७, २०८३

नेपालका धेरै रेष्टुरेन्ट तथा होटलले मेनुमा एउटा मूल्य र भुक्तानी गर्दा थप शुल्क लिने गरेका छन्। तर मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४(ख) ले होटल-रेष्टुरेन्टले मेनुको मूल्यमा तोकेकोभन्दा बढी शुल्क लिन नपाउने प्रावधान गरेको छ।

सरकारले सेवाग्राहीलाई झुक्याएर वा पहिल्यै सूचना नदिइ बिलमा थप शुल्क लिएमा कारबाही गर्ने चेतावनी दिने गरेको भए पनि व्यवसायीले बेवस्ता गर्दै आएका छन्।

व्यवसायीले मेनुमा उल्लेख भएको मूल्यमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर र कतिपयले त्यसमा पनि थप १० प्रतिशत सेवा शुल्क लिने गरेका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई यस्तो शुल्क लिएको जानकारी पाए कारबाही गरिने बताउँछन्।

‘यदी मेनुमा कुनै परिकारको मूल्य दुई सय रूपैयाँ उल्लेख छ भने त्यो सबै किसिमका शुल्क वा कर सहितको अन्तिम उपभोक्ता मूल्य हो, त्यसमा थप अन्य शुल्क वा कर जोडेर लिन पाइँदैन,’ भट्टराईले भने, ‘यसरी शुल्क बढी लिएको पाइएमा अनलाइन वा फोनबाट उजुरी गर्न सकिन्छ।’

विभागले टोल फ्री नम्बर ११३७ मा पनि उजुरी गर्न सक्ने व्यवस्था गरेको छ।

त्यस्तै, विभागको वेबसाइट crmis.doc.gov.np/home मा गएर मेनु र बिलको फोटोसहित पनि फारम भरेर उजुरी गर्न सकिन्छ।

रेष्टुरेन्ट-होटल व्यवसायीले मेनुमा लेखिएको भन्दा अतिरिक्त पैसा लिएको पाएमा निरीक्षण अधिकृतले दुईदेखि तीन लाखसम्म जरिवाना गर्ने सक्छन्। उपभोक्तालाई परेको क्षतिपूर्तिको लागि अदालती प्रक्रिया जानुपर्ने हुन्छ।

रेष्टुरेन्टले १३ प्रतिशत मूल्य अभिवृद्धि कर छुट्टै लिएको पाएमा कहाँ र कसरी उजुरी गर्ने?

source=setopati

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP