शनिबार , भाद्र १३, २०८३

२४ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने जनमोर्चाको मत छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक (एमाले र माओवादी केन्द्र) मिलेर सरकार गठन गर्नु उपयुक्त हुने जनाएका छन् ।

‘नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

संसदको विघटन, नेकपाभित्रको अन्तरविरोध वा कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको भन्दै केसीले अहिले पनि ओली नै बढी जिम्मेवार रहेको उल्लेख गरेका छन् ।

‘यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकास दिनु पर्दछ,’ केसीले भनेका छन् ।

नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने भन्दै केसीले राष्ट्रिय एकताको खाँचोसमेत औंल्याएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौं । ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौं । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP