मंगलबार , असार २३, २०८३

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र उपमेयर भोला अधिकारी बिहीबार विहान जनकपुर जाँदै थिए ।

जीतपुरसिमरा–१६ पसाहापुल नजिकै गाडी दुर्घटना भएको देखे । उनीहरु ओर्लिएर घाइतेहरुको उद्धार गर्नतर्फ लागे । उनीहरुले पालिकाको ना १ झ १६१९ नम्बरको गाडीमा दुई जना घाइतेलाई राखेर सिमरास्थित अल्पाइन अस्पताल पठाएको मेयरका स्वकीय सचिव कपिल सुवेदीले बताए ।

टाँगिया बस्तीबाट पिलुवा जाँदै गरेको साइकल र प्र.२–०३–००२ प ४५८७ नम्बरको स्कुटरलाई ग २ च ४४१३ नम्बरको गाडीले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक जीतपुरसिमरा–१६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ । अल्पाइन अस्पतालले बिहान पौने ८ बजे राजेन्द्रको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ्

दुर्घटनामा साइकल चालक जीतपुरसिमरा–१६ बस्ने २८ वर्षीया रुपा आले र पछाडि बसेकी २९ वर्षीया सोनिया योञ्जन घाइते भएका छन् । रुपाको खुट्टामा सामान्य चोट लागेको छ भने सोनियाको शरीरको बायाँपट्टी चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP