बुधबार , असार २४, २०८३

काठमाडौंमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)  प्रतिनिधि नेपाल आएका छन्।

आइसिसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका छन्। आइसिसी प्रतिनिधिले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका हुन्।

आइसिसीका एन्ड्रयू इफग्रेभसहितको टिम बुधबार आएको  थियो।

यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।

त्यसपछि नेपाल टी-२० का प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट, अम्पायर र खेलाडीसँग पनि भेट गरेको थियो।

यस्तै क्रिकेट प्रतियोगिताबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो।

जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको आशंकापछि आइसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको हो।

विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो।

छानबिन समिति बनाएको जानकारी गराएपछि आइसिसि प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP