सोमबार , अषोज २६, २०८३

हुनत विभिन्न कथावस्तुमा रहेर चलचित्र मार्फत दर्शकहरुलाई मनोरञ्जन,ज्ञान,सूचना दिन थालेको धेरै भइसक्दा पनि र गीतहरुले म्युजिक भिडियाे मार्फत सबैका TV र मोबाईलमा स्थान जमाई सकेको आजकाे यो युगमा Cinematic narrative poetry Film को अर्थात कवितालाई फिल्मिकरण गर्ने साेच आई नसकेको र कताकती एकाध कविताको फिल्म बनेको भएपनि कविताले खोजेको दृश्य वा वाचन शैली वा भनौं के नपुगे – नपुगे जस्तो देखिएकोले यो कुरालाई मध्यनजर गर्दै गीत, संगीत, कविता, photography र निर्देशनमा विशेष रुचि राख्ने हाल अष्ट्रेलियामा बस्दै आएका सेवक राज सुवेदीले डा. श्याम कृष्ण खतिवडाको कविता “तिमी पानी हौ।” लाई हेर्ने कविताको रूपमा दर्शक माझ ल्याएका छन्।

यही परिप्रेक्ष्यमा हामीले यो हेर्ने कविता वा कवितालाई फिल्मिकरण गर्ने सोच कसरी आयाे भनेर प्रश्न गर्दा वहाँ भन्नुहुन्छ –

मैले सोसिएल मेडियाहरुमा कही कतै न्यारेटिव भिडियो हरु देखेको थिए, त्यसमा न्यारेसन हरु राम्रो भए पनि भिडियो चाही त्यस्मा  रिलेट गर्ने खाल्को देखेको थिएन, त्येसैले मलाई एउटा प्रयोग गर्न मन लग्यो, जसमा आफ्नो पोएट्री कन्टेन्ट लाई रेलेट गर्ने खाल्को शर्ट सिनेम्याटिक न्यारेटिभ फिल्म किन नबनाउने त भन्ने भयो ? जाहा भिडियो मात्र होईन कि कथा पनि होस जस्ले फिल्म को पोइट्री कन्टेन्ट लाई जस्टिफाइ गरोस्।

याे कविता बनाएर हालेपछि कस्ताे रेसपाेन्स पाउनु भयाे र अरु पनि बनाउने साेचमा हुनुहुन्छ कि अब पुग्याे भन्ने हाम्रो जिज्ञासालाई उत्साहित हुँदै भन्नुहुन्छ -” 

पहिला यो भिडियो प्रोजेक्ट गर्दा एक किसिम को एङ्जाइटी जस्तै भाको थियो। यो याउटा एक्स्पेरिमेन्ट न हो तेसैले भिउअर्सहरु लाई मन पर्दैन कि भन्ने लागेको थियो, ( बास्तव मा एउटा लाईक पनि नबटुल्ला कि झै पनि लागेको थियो) तर, सबै जना को पोजेटिव रेस्पोन्स ले गर्दा अब अझै राम्रो तरिकाले बनाउने प्रेरणा मिलेको छ अब छिट्टै नै अर्को प्रोजेक्ट लिएर आउदै छु।

प्रिया दाहाल र रजिव थापाको अभिनय रहेको उक्त कवितात्मक भिडियाेकाे परिकल्पनाकार सेवक आफै हुन र निर्देशन सम्पादन तथा सिनेमाटाेग्राफी पनि आफैले गरेका हुन भने कलर करेक्सन चन्दन दत्तले गरेका हुन।
उक्त भिडियोकाे पूरा भाग तलकाे लिंकमा गएर हेर्न सकिन्छ । हेरेर प्रतिक्रिया सुझाव सल्लाहका लागि अनुरोध समेत कल्पनाकार सेवक सुवेदीले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP