शनिबार , भाद्र १३, २०८३

 बिहे गरेको अर्को दिन गर्ल फ्रेण्डले प्रहरीमा जाहेरी दिएपछि दाङमा एक युवक पक्राउ परेका छन् ।

बिवाह गर्छु भनेर २५ बर्षिय युवतीलाई ललाई फकाई गरेर होटलमा लगेर यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले घोराही २ रामपुरबाट शिबम न्यौपानेलाई पक्राउ गरेको हो । बेलायत बस्दै आएका उनि हालै मात्रै नेपाल आएका थिए ।

युबतिले आफुलाइ बिवाह गर्ने आश्वासन दिएर युबकले पटकपटक यौन सम्पर्क राखेको भन्दै जबरजस्ति करणिमा जाहेरी दिएकि छिन । युके हुँदै देखि नै उनिहरु बिच मेसेन्जरमा कुराकानी हुँदै आएको र दाङ आएपछि उनिहरुको बिच सम्बन्ध रहदै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला सेल मार्फत प्रहरीले बलात्कार मुद्धा मिलाउन सहजिकरण गरेको छ । आर्थिक चलखेल गरेर प्रहरीको मिलेमतोमा जाहेरी दर्ता गर्न आनाकानी गरिएको पिडित पक्षले आरोप लगाएको छ ।

यो बलात्कार मुद्धा मिलाउन दबाब आएको र यसमा सहजीकरण गर्ने काम जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि राजन गौतमले खेलिरहेको कार्यालय भित्रकै प्रहरी अधिकारीले बताए । पैसामा कुरा मिलाउने गरि अहिले पनि प्रहरी लागि रहेको आरोप लागेको छ । न्यौपानेले तीन दिन अघि मात्रै धुमधामसहित बिहे गरेका हुन ।

जाहेरी दिने युबती संग बिहे गर्छु भनेर आश्वासन दिएका युबक अन्तिममा आएर अर्कि युबति संग बिहे गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले युबक र जाहेरी दिने युवती दुबैले सम्बन्ध बिच्छेद गरेका ब्यक्ति भएको अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीका अनुसार युके लैजाने भन्दै केही युबाहरुसंग पैसा उठाएर ठगि गरेको युबक माथी अर्को आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP