शनिबार , बैसाख ६, २०८२

व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका डीएसपी ठगबहादुर केसीमाथि छानविन गर्न गठित समिति बुटवल आएको छ । समितिले बुटवल आएर अनुसन्धान सुरु गरिसकेको प्रहरी स्रोतले बतायो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल आएर घटनाको अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायव गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

उजुरीपछि केसीलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले खापुङको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनपछि केसीमाथि थप कारबाही अगाडि बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP