सोमबार , बैसाख २२, २०८२

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्।

स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो।

मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले सेतोपाटीलाई बताए।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ।

आगलागी नियन्त्रण गर्न ३० जना प्रहरी परिचालन गरिएको थियो। स्थानीय, २ वारुणयन्त्र र प्रहरीको सक्रियतामा आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो।

अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP