मंगलबार , अषोज २७, २०८३

हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको थियो ।

३ पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनी सन् २०२१ देखि क्यान्सरबाट पीडित रहेका थिए । मंगलबार उनको पार्थिव शरीरलाई सान्तोसको सडकमा  र्‍यालीसहित घुमाइनेछ र निजी समारोहबीच अन्त्येष्टि गरिनेछ । ब्राजिलको सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP