शनिबार , बैसाख ६, २०८२

 बुटवलको औद्योगिक प्रदर्शनीमा आयोजित आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि कालिका मानवज्ञान माविकी विद्यार्थी रुपा रौतारले जितेकी छन् ।

३४ जना प्रतिस्पर्धीहरुमध्येबाट २४ जना हुदै भोटिङ राउण्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् ।

रौतार कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छात्रा हुन् । यसअघि उनी दीप बोर्डिङ हाइ स्कुल बुटवलबाट एसईई उत्तिर्ण भएकी थिइन् ।

दीप बोर्डिङमा अध्ययनरत हुदै उनले गायनमा आफुलाई अब्बल बनाएकी थिइन् । घरमा करेन्ट लागेर रुपमाले सानै उमेरमा एउटा हात गुमाएकी छन् ।

कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुबै हात गुमाउन पुगेकी थिइन् ।

उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए ।

सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधी जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु. ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP