मंगलबार , अषोज २७, २०८३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाएको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।

सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।

त्यस्तै बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्ने निर्णय समेत गरेको गरेको भट्टराईले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि २०७५ जेठ ३ अघि फर्किएकाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने र सरकारलाई अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP