शनिबार , भाद्र १३, २०८३

सरकारले पोखराको मान्द्रढुंगाबाहेक सबै प्याराग्लाइडिङ जोन बन्द गराएको छ । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सञ्चालनसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मान्द्रेढुंगा प्यालाग्लाइडिङ जोनलाई मात्र कायम राखी अन्य सबै जोन बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले प्लाराग्लाइडिङ व्यवसाय सञ्चालन सम्बन्धमा नेपाल हवाई खेलकुद संघलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको कन्ट्रोल एयर स्पेस मध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइल भित्र एउटा मात्र प्याराग्लाइडिङ जोन कायम राखी अन्य सबै जोन बन्द गरिएको हो । यस क्षेत्र भित्र कुल ४ वटा प्याराग्लाइडिङ जोन रहेका छन् । अब सराङकोट, तोरेपानी र ताम्गी स्थित प्याराग्लाइडिङ जोन बन्द गरिएको छ ।

मान्द्रेढुंगामा ११ बजेदेखि ३ बजेसम्म मात्र अनुमति

प्राधिकरणले मान्द्रेढुंगामा भने ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न सकिने गरी समय तोकेको छ । यो समेत १ महिनाका लागि परीक्षणका रुपमा खुला गरिएको हो । यसबीचमा अब नेपाल हवाई खेलकुद संस्थाले हरेक दिन स्लट र सेड्यूल व्यवस्थापन निर्धारण गरेर मात्र उडान सञ्चालन गर्न पाउने छ । हवाई सुरक्षा सुनिश्चितताका लागि यस्तो निर्णय गर्नु परेको प्राधिकरणको तर्क छ ।

यात्रुलाई बोर्डिङ पास अनिवार्य

विमानस्थलको १० नटिकल माइल क्षेत्र भित्र अनुमति पाएको जोनमा हुने हरेक प्याराग्लाइडिङ उडानमा अब यात्रुलाई बोर्डिङ पास दिनु पर्ने छ । यस्तो बोर्डिङ पास जारी गर्ने जिम्मेवारी नेपाल हवाई खेलकुद संस्थाको हुनेछ ।

संस्थाले हरेक उडानको नियमत गर्ने जिम्मेवारी समेत पाएको छ । उक्त विवरण प्राधिकरणलाई समेत बुझाउनु पर्ने प्राधिकरणको निर्णयमा उल्लेख छ ।

मान्द्रेढुंगामा पूर्वाधार नहुँदा व्यवसाय बन्द

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार प्राधिकरणको पछिल्लो निर्णयपछि पोखरामा तत्कालका लागि प्याराग्लाइडिङ व्यवसाय बन्द भएको छ । यद्दपि हवाई सुरक्षाका लागि प्राधिकरणबाट भएको निर्णय भने सबै व्यवसायीले स्वीकार गरेको उनले बताए ।

‘पूर्वाधारको हिसावले प्याराग्लाइडिङ सराङकोट र तोरेपानीमा केन्द्रित थियो, उनले अनलाइनखबरसँग भने, ‘मान्द्रेढुंगामा पूर्वाधार नबनेका कारण आइतबारबाट पोखरामा प्याराग्लाइडिङ बन्द भएको छ ।’

पोखराको पहिचान प्याराग्लाइडिङ भएका कारण एउटा जोन मात्र भए पनि दिनुपर्ने आफुहरुको माग रहेकोमा मान्द्रेढुंगा भएपनि पाउनु सकारात्मक भएको उनले बताए । पोखरामा मात्र ५५ वटा कम्पनीले वैधानिक रुपमा प्याराग्लाइडिङ गरिरहेका थिए । ती कम्पनीले दैनिक औसतमा ३ सय जनालाई उडाइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP