मंगलबार , बैसाख २९, २०८३

लुम्बिनी प्रदेश सभा सदस्यमा दोश्रो पटक निर्वाचित रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउने बताएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम पश्चात ग्लोबल आवाज संग कुराकानी गर्दै पाण्डेले प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई पर्यटकिय प्रदेश बनाउने परिकल्पना गर्दै पहिलो कार्यकाल सकाएको बताए । उनले अब यसैलाई निरन्तरता दिदै गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी समग्र प्रदेशलाई पर्यटकिय प्रदेशको रुपमा विकसित गर्ने बताए ।

“विश्वमा लुम्बिनी प्रदेश पर्यटनकै प्रदेश हो भन्ने हिसाबले अगाडी बढाउछौं र चिनाउन सफल हुनेछौं ।” पाण्डेले भने “अर्को तर्फ भौतिक पूर्वाधारको दृष्टिले विगतमा भएका कामलाई निरन्तरता दिदै बहुबर्षिय आयोजनाहरुलाई अगाडी बढाउन पहल गर्नेछु ।” उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु एक भएर बिकासमा अगाडी बढ्ने र आफुले यसमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP