मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा जीवन सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । नयाँ कामको थालनी हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वैदेशिक कार्य पनि सहजै हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्ने र प्रेममा सम्बन्धमा माधुर्यता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला । स्वास्थ्यमा एक्कासि खराबी आउन सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP