मंगलबार , अषोज २७, २०८३

काठमाडौं । आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन । तर उनका लागि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई धक्का लागेको हो ।

उनी पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवादपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भएको थियो । विभाजित दुई खेमामध्ये एउटा खेमलाई प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्दै आएका थिए भने अर्को खेमालाई प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा नेतृत्व गर्दै आएका थिए ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि माधवकुमार नेपाल, झलनाथ खनाल लगायत प्रचण्ड–माधव पक्षको खेमामा रहेका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । जन्मदिनकै दिन माधवकुमार नेपाललाई नमिठो धक्का लागेको हो ।

जन्मदिनमै नमिठो धक्का व्यहोर्नेमा प्रधानमन्त्री केपी शर्माओली अर्का नेता हुन् । यसअघि फागुन ११ गते प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो । संवैधानिक इजलासले फैसला सुनाइरहँदा ओली बालुवाटारमा आफ्ना समर्थक र पार्टीका नेताहरुमाझ जन्मदिन मनाइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP