आइतबार , बैसाख ७, २०८२

लिड्सलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

लिड्सको घरेलु मैदानमा भएको खेलमा सिटी ३-१ गोल अन्तरमा विजयी भएको हो।

सिटीको जितमा युवा स्टार अर्लिङ हालान्डले कीर्तिमानी गोल गरे। पहिलो हाफमा गोल गर्न निकै संघर्ष गरेको सिटीले इन्जुरी समयमा रोद्रीको गोलबाट सुरूआती अग्रता लियो।

दोस्रो हाफमा भने सिटी सुरुवातदेखि नै लिड्समाथि हाबी भएको सिटीका लागि ५१ औं मिनेटमा हालान्डले गोल गर्दै अग्रता दोब्बर पारे।

उनले ज्याक ग्रिलिसको सहयोगमा गोल गरेका थिए। ६४ औं मिनेटमा पनि ग्रिलियसले पोस्ट नजिकै दिएको पासमा उनले गोल गर्दै सिटीलाई ३ -० को आरामदायी अग्रता दिलाए।

योसँगै २२ वर्षीय हालान्ड प्रिमियर लिगको इतिहासमै सबैभन्दा छिटो २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले लिगका १४ खेलबाट यो कीर्तिमान बनाएका हुन् ।

७३ औँ मिनेटमा पास्कल स्ट्रुएकले लिड्सका लागि सान्तवाना गोल फर्काए।

यो जितपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ। सिटीको १५ खेलबाट ३५ अंक छ भने आर्सनल ४० अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

तेस्रो स्थानमा रहेको न्यूक्यासलले १६ खेलबाट ३३ अंक जोडेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP