मंगलबार , अषोज २७, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम खालको छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी आउन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कसैले झुटो आश्वासन दिन सक्छन् । सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । राजनैतिक चिन्तन बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । अध्ययन अध्यापन पनि सफल रहेको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP